+
+
Shares

हुम्लामा जिप दुर्घटना, १२  जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १२:५६

२४ असोज, हुम्ला । हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका हुन् ।

घाइतेहरूको उद्धारका गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?