
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं युरो आईबी वर्ल्ड स्कुलले जेनजी आन्दोलनका शहीद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ।
- विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले शिक्षा नै सशक्तीकरणको माध्यम हो र शहीदहरूको सपना साकार पार्ने सानो प्रयास भएकाे बताए।
- विद्यालयले शहीद परिवारका अभिभावक वा नातेदारलाई आवश्यक प्रमाणसहित सम्पर्क गर्न अनुरोध गरेको छ।
२४ असोज, काठमाडौं । गोंगबु–बनियाँटारस्थित काठमाडौं युरो आईबी वर्ल्ड स्कुलले जेनजी आन्दोलनका शहीद परिवारका बालबालिकालाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गर्ने घोषणा गरेको छ ।
विद्यालयले जेनजी आन्दोलनमा सहादत प्राप्तहरूको सम्मानमा उनीहरूका सन्तानमध्ये एक जनालाई पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर दिने घोषणा गरेको हो ।
विद्यालयका अध्यक्ष प्रमोद पाण्डेका अनुसार विद्यालयको सामाजिक उत्तरदायित्व र शहीदहरूको बलिदानप्रतिको सम्मानस्वरूप यस्तो घोषणा गरिएको हो ।
‘शिक्षा नै सशक्तीकरणको माध्यम हो, लोकतन्त्रका लागि ज्यान आहुति दिने शहीदहरूको सपना साकार पार्ने हाम्रो सानो प्रयास हो,’ अध्यक्ष पाण्डेले भने ।
विद्यालयले शहीद परिवारका अभिभावक वा नातेदारलाई आवश्यक प्रमाणसहित विद्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
काठमाडौं युरो आईबी वर्ल्ड स्कुलले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
विद्यालयले शहीद सन्तानका लागि सुरु गरिएको यो छात्रवृत्ति कार्यक्रम अन्य शैक्षिक संस्थाका लागि पनि प्रेरणादायी उदाहरण बन्ने विश्वास व्यक्त गरेको छ ।
प्रतिक्रिया 4