
फाइल फोटो
२४ असोज, काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा निर्वाचनलाई पनि प्रयोग गर्ने तर संसद् पुनर्स्थापनाको विकल्प पनि खुल्ला नै राखेर जानुपर्ने धारणा आएको छ ।
शुक्रबारको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले दुवै विषयमा कांग्रेस तयार रहनुपर्ने सुझाव आएको जानकारी दिए ।
‘संवैधानिक प्रबन्ध अनुसार त यो सरकार बनेको होइन । तर निर्वाचन गर्ने तिथीमिति तोकिएको छ । कांग्रेस जनतामा विश्वास गर्ने पार्टी हो, जनतामा जाने कुरालाई नकार्न सकिन्न,’ उनले भने,’ जनतामा विश्वास गर्ने पार्टी हो जनतामा जाने कुरा नकार्न सक्दैनौं । तर सरकार निष्पक्ष रुपमा चुनावको वातावरण बनाउन गम्भीर देखिएको छैन । त्यसैले निर्वाचन गराउँछ कि गर्दैन हेर्नुपर्छ । संसद् पुनर्स्थापनाको बाटो पनि खुला राख्नुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4