+

महिला भलिबल टोलीको जर्सी प्रायोजकमा इम्पेरियल सेक्युरिटिज

२०८२ असोज  २४ गते १९:०७ २०८२ असोज २४ गते १९:०७
महिला भलिबल टोलीको जर्सी प्रायोजकमा इम्पेरियल सेक्युरिटिज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इम्पेरियल सेक्युरिटिजले नेपाली राष्ट्रिय महिला भलिबल टिम सिनियर र जुनियरको जर्सी प्रायोजन गर्ने दुई वर्षको सम्झौता गरेको छ।
  • नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका भक्तिराम घिमिरेले वार्षिक २० लाख रुपैयाँको प्रायोजन सम्झौता हस्ताक्षर गरेका छन्।
  • सम्झौताअनुसार वर्षको उत्कृष्ट खेलाडीलाई पनि १ लाख रुपैयाँ पुरस्कार दिइनेछ र महिला टोलीका लागि दुई नयाँ जर्सी सार्वजनिक गरिएको छ।

२४ असोज, काठमाडौं । इम्पेरियल सेक्युरिटिजले नेपाली राष्ट्रिय महिला भलिबल टिम (सिनियर र जुनियर)को जर्सी प्रायोजन गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जर्सी स्पोनसरसम्बन्धी नेपाल भलिबल संघ र इम्पेरियल सेक्युरिटिजबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र इम्पेरियल सेक्युरिटिजका तर्फबाट भक्तिराम घिमिरेले हस्ताक्षर गरे ।

सम्झौताअनुसार इम्पेरियल सेक्युरिटीजले नेपाली राष६रिय महिला भलिबल टिम सिनियर र जुनियर दुवैले लगाउने जर्सीमा प्रायोजन गर्नेछ ।

वार्षिक २० लाखको प्रायोजन सम्झौता अवधि दुई वर्षको लागि छ । २ वर्षका लागि ४० लाख रुपैयाँको प्रायोजन सम्झौता भएको छ ।

यस्तै वर्षको उत्कृष्ट खेलाडीलाई पनि १ लाख रुपैयाँ इम्पेरियल सेक्युरिटिजले दिनेछ ।

नेपाल भलिबल संघले यसअघि राष्ट्रिय महिला भलिबल टिम सिनियरको लागि मात्र जर्सी स्पोनर गर्न आह्वान गरेको थियो ।

कार्यक्रममा महिला टोलीले लगाउने सेतो र निलो रङको दुई नयाँ जर्सी समेत सार्वजनिक गरिएको छ ।

जर्सी प्रायोजन महिला भलिबल टिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय