+
+
Shares

सेनालाई धन्यवादसहित प्रचण्डको प्रश्न- हामीलाई बचाउनुभयो, सिंहदरबार किन बचाउनुभएन ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १७:२८

२४ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालले नेताहरूलाई बचाएको नेपाली सेनाले सिंहदरबार र सर्वोच्च अदालत किन बचाउन सकेन ? भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार सम्पादकहरूसँगको संवादका क्रममा उनले आफूहरू सुरक्षा खोज्दै सेनाकोमा पुगेको र सेनाले बचाएको पनि बताए । त्यहाँबाट देशका लागि आफूले खेल्नसक्ने भूमिका खेलेको उनको दाबी छ ।

नेपालमा धेरै ठूलो क्षति भएको छ भने त्यो भूराजनीतिकै कारण भएको र नेपाल बँचेको पनि भूराजनीतिकै कारण रहेको उल्लेख गरे ।

‘हामी सेक्युरिटी खोज्दै सेनाकोमा गइयो । हामीलाई खोज्दै सेना आएको होइन । गएपछि जे भयो यो परिस्थितिमा त्यहाँबाट खेल्नसक्ने भुमिकाको कोशिस गरियो । त्यो वातावरण बन्यो तर हाम्रै कारणले यो बच्यो भन्नेकुरा भनेँ भने गलत हुन्छ । त्यो होइन । हामी धेरै ठूलो क्षति भएको छ भने भूराजनीतिका कारणले भएको छ, हामी बँचका छौँ भनेपनि भूराजनीतिका कारण बँचेका छौं,’ प्रचण्डले भने ।

उनले आफूहरूलाई सेनाले, जनताले, कार्यकताले कसले बँचाएको हो भनेर हेर्दा मुख्यत: सेनाले नै देखिएको उनले बताए ।

‘हामी बँचियो कसरी भन्नेकुराको पनि जवाफ छैन । हामीलाई सेनाले बँचाएको हो की, जनताले हो की, हाम्रा पार्टीका साथीहरूले बँचाएको हो की ? अल्टिमेट्ली हेर्दा त सेनाले बँचायो । हामीलाई बँचाउने सेनाले सिंहदरबार, राष्ट्रपति भवन, सर्वोच्च अदालत किन बचाउन सकेन ? भनेर हेर्दा बढो अनौठा चित्र अनुभुति हुन्छ,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?