+
+
Shares

जाँचबुझ आयोगले माग्यो कारागारबाट फरार कैदीको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १८:१६
फाइल तस्वीर

२४ भदौ, काठमाडौं । जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार भएका कैदीबन्दीहरूको विवरण उच्चस्तरीय जाँचबुझ आयोगले माग गरेको छ ।

विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारागार व्यवस्थापन विभागलाई पत्राचार गर्दै विवरण माग गरेको हो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले फरार कैदीबन्दीहरू र क्षति भएका कारागारहरूको विवरण माग गरिएको बताए ।

२४ भदौको आन्दोलनको क्रममा नख्खु कारागारबाट पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने सुरुमा निस्केका थिए ।

त्यसपछि देशभरका अन्य कारागारहरूबाट पनि धमाधम कैदीबन्दीहरू फरार भएका थिए ।

कारागारमै आगजनी र तोडफोड गर्दै देशभरिबाट १५ हजारको हारागारमा कैदीबन्दी फरार भएका विभागको तथ्यांक छ ।

अहिले पनि करिब साढे पाँच हजार कैदीबन्दीहरू फरार नै रहेका छन् ।

यही बिषयमा छानबिन गर्न लामिछाने कसरी निस्कने अवस्था आयो भन्नेबारे समेत जाँचबुझ आयोगले छानबिन अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?