+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
शीतल निवासमा जेनजी :

बाहिर एक समूहको नाराबाजी चलिरहँदा भित्र वार्तामा को-को थिए ? (सूची)

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १२:४०
भित्र छलफल हुनेबेला बाहिर नाराबाजी गरेका जेनजीहरु ।

२५ असोज, काठमाडौं । शनिबार बिहान राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीबीच छलफल गर्ने भनेर जेनजी अगुवाहरू शीतल निवास पुगे । यद्यपि, सुरु भएको केही समयमै राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सारिएको छ ।

बिहान १० बजेदेखि सुरु हुने भनिएको छलफल राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भन्दै दुई दिन पछि सारिएको हो ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री सुशीला कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीतल निवास बोलाइएको थियो । तर, केहीले भने शीतल निवासमा प्रवेश नपाएको भनी गेटबाहिर विरोध गरेका थिए ।  यसरी एउटा समूह बाहिर रहँदा भित्र छिर्नका लागि नाम तय भएका अगुवाहरु २० जना थिए । तीमध्ये पनि पुरुषोत्तम यादवले बहिष्कार गरेका थिए ।

हेर्नुहोस् सूची

सुदन गुरुङ

ओजस्वीराज थापा

मिराज ढुंगाना

प्रवेश दाहाल

जितेन्द्र शाह

पुरुषोत्तम यादव

प्रशान्त पौडेल

अंकित अधिकारी

अभिषेक श्रेष्ठ

जुनल गदाल

अर्जुन शाही

रक्षा बम

प्रदीप ज्ञवाली

युजन राजभण्डारी

आदित्य कर्ण

आकृति घिमिरे

मोनिका निरौला

ओजस्वी भट्टराई

रिजन राना मगर

निकुञ्ज भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?