+
+
Shares

राज्य संरचनाबाट अनधिकृत निर्देशन आउने कुरा उपयुक्त होइन : बर्तौला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २५ गते १६:२१

२५ असोज, काठमाडौं । नेकपा एमालेका नेता एवं निवर्तमान सांसद महेश बर्तौलाले राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप भइरहेको आरोप लगाएका छन् । यसले विधिको शासन र लोकतान्त्रिक मूल्यमा ठेस पुर्‍याइरहेको उनको भनाइ थियो ।

उनले यसलाई राज्य संरचनाभित्र ‘अनुशासनहीनता’ को संज्ञा दिँदै अराजकता र भीडकै दबाबमा राज्य चल्ने हो भने मुलुक दिशाहीन बन्न जाने बताउनु भयो ।

‘राज्यका औपचारिक संयन्त्रहरूलाई अनाधिकृत मानिसहरूले अनधिकृत ढंगबाट प्रवेश दिएर, खुलमखुल्ला महत्व दिएर अनधिकृत निर्देशन दिने कुरा, राज्यका सूचनाहरू माग गर्ने कुरा, के भयो के भएन भन्ने कुराको एउटा माथिल्लो तहको निकायले जस्तो तल निर्देशनहरू जारी गर्ने कुरा त्यो किमार्थ यो लोकतान्त्रिक शासन व्यवस्थामा, लोककल्याणकारी शासन व्यवस्थामा, विधिको शासन वकालत गर्ने हामीहरूको लागी त्यो उपयुक्त कुरा होइन,’ उनले भने ।

सरकारले अझै पनि आम मानिस र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूलाई सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको जिकिर उनले गरे ।

दण्डहीनता फैलन नदिने र विधिको शासन कायम गर्न परिभाषित जिम्मेवारीअनुसार राज्यका अंगहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउनुपर्ने बर्तौलाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?