
काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ ।
मिसिसिपी शहरका मेयर जोन लीले बताए अनुसार घाइतेहरुलाई हवाई एम्बुलेन्समार्फत् अस्पताल पुर्याइएको छ ।
सीबीएस न्यूजका अनुसार मिसिसिपी राज्यको राजधानी शहर ज्याक्सनबाट १२० किलोमिटर उत्तरपूर्वको लेल्याण्डको सडकमा शुक्रबार मध्यरात गोली चलेको थियो ।
गोली चलको क्षेत्रमा अघिल्ला दिनको तुलनामा भिडभाड थियो । किनभने त्यहाँको एक हाईस्कुलमा फुटबल म्याच चलिरहेको थियो ।
त्यहाँ गोली चलाउने व्यक्तिको पहिचान भएको छैन । उनी पक्राउ पनि नपरेको अधिकारीहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4