
News Summary
Generated by OK AI. Editorially reviewed.- सिप्रदी ट्रेडिङ प्रालिले धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी 'धनतेरस टाटा उत्सव' कार्यक्रम सुरु गरेको छ।
- कार्यक्रम कात्तिक २ गतेसम्म टाटा मोटर्सका विद्युतीय र आईसीई मोडल खरिदमा उपहार र छुट सुविधा प्रदान गर्नेछ।
- ग्राहकले फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, एक्सचेन्ज मूल्य, र सुनको असर्फी बम्पर उपहार पाउनेछन्।
२६ असोज, काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा ‘धनतेरस टाटा उत्सव’ कार्यक्रमको शुभारम्भ गरेको छ ।
हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकले आकर्षक अफरका साथ सुनको असर्फी बम्पर उपहारमा जित्ने सुनौलो मौका पाउने छन् ।
टाटाको नेपालभर रहेका शोरुममा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
यस विशेष कार्यक्रम अन्तर्गत ग्राहकले टाटा मोटर्सका विद्युतीय मोडलहरू टियागो ईभी, पंचईभी, नेक्सन के३ ईभी र कर्भईभीका साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू पाउने छन् ।
यस्तै, यस कार्यक्रम अन्तर्गत, फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरिज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधा दिइने कम्पनीले बजनाएको छ । भाग्यशाली ग्राहकले सुनको असर्फी बम्पर उपहार स्वरुप पाउन सक्नेछन् ।
प्रतिक्रिया 4