+
+
Shares

केटी पेरी र जस्टिन ट्रुडोको रोमान्स : याचमा चुम्बन गरिरहेको देखिए

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी पपस्टार केटी पेरीको रोमान्सका तस्वीर डेली मेलले सार्वजनिक गरेको छ।
  • यी दुईलाई क्यालिफोर्नियाको सान्टा बार्बरास्थित पानीजहाजमा चुम्बन गर्दै गरेको देखाइएको छ।
  • ट्रुडोले केही महिनादेखि अमेरिकामा समय बिताउन थालेका छन् र उनीहरू डेटमा रहेको डेली मेलले उल्लेख गरेको छ।

लन्डन । क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो र अमेरिकी पपस्टार केटी पेरीको रोमान्सका तस्वीर बाहिरिएको छ । डेली मेलले एक पानीजहाजमा यी दुईले चुम्बन गर्दै गरेको फोटो भिडियो बाहिर ल्याएको छ ।

क्यालिफोर्नियाको सान्टा बार्बरास्थित क्याराभिलको समुन्द्री तटमा यी दुईजनालाई एकसाथ देखिएको विवरणमा जनाइएको छ । उक्त जहाज गायिका पेरीको २४ मिटर लामो याच रहेको उल्लेख छ ।

केही महिनायता ट्रुडोले अधिकांश समय अमेरिकामै बिताउन थालेका छन् भने उनीहरू दुईजना डेटमा रहेको समाचारमा उल्लेख छ ।

डेली मेलले लेखेको छ, ‘यो आधिकारिक हो । केही महिनादेखिको रोमान्सको हल्लापछि डेली मेल पपगायिका केटी पेरी र पूर्व क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले निश्चय नै डेट गरिरहेको खुलासा गर्छ ।’

गत महिना यी दुईलाई एक क्याफेमा कफी पिउँदै गरेको देखिएको थियो । त्यतिबेला पनि यी दुईबीच रोमान्सको हल्ला फैलिएको थियो । जस्टिन र केटी दुबै डिभोर्सी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?