
२७ असोज, काठमाडौं । गाजा सहरमा हमासका सुरक्षाकर्मीहरू र दुग्मुश परिवारका सशस्त्र सदस्यहरूबीच भीषण भिडन्त हुँदा कम्तीमा २७ जनाको ज्यान गएको छ। इजरायली सैन्य कारबाही अन्त्य भएपछि गाजामा भएको यो सबैभन्दा ठूलो हिंसात्मक आन्तरिक झडपहरूमध्ये एक हो।
प्रत्यक्षदर्शीहरुका गाजा सहरको जोर्डनियन अस्पताल नजिक नकावधारी हमास लडाकुहरू र दुग्मुश घरानाका लडाकुहरूबीच गोलीबारी भएको थियो।
हमासद्वारा सञ्चालित गृहमन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा बलहरूले ती सशस्त्र व्यक्तिहरूलाई घेराबन्दी गरी पक्राउ गर्न भीषण भिडन्त गरेको जानकारी दिए । मन्त्रालयले ‘एक मिलिसिया समूहको आक्रमण’ मा आठ जना सुरक्षाकर्मी मारिएको पुष्टि गरेको छ।
चिकित्सा स्रोतहरूका अनुसार, शनिबारबाट सुरु भएको भिडन्तमा दुग्मुश परिवारका १९ जना र हमासका ८ लडाकुहरू मारिएका छन्।
प्रत्यक्षदर्शीहरुका अनुसार झडप गाजा सहरको दक्षिणी क्षेत्र टेल अल-हावामा हमासका ३०० भन्दा बढी लडाकुहरूको टोलीले दुग्मुश परिवारका लडाकुहरू लुकेर बसेको एक आवासीय भवनमा हमला गरेका थियो ।
हमासद्वारा सञ्चालित गृहमन्त्रालयले शान्ति पुनःस्थापना गर्न खोजिरहेको बताएको छ ।
प्रतिक्रिया 4