+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
३६ बलमा ७५ रन आवश्यक
चितवन राइनोज 2025
95/5 (13.6)
Shares

प्रधानमन्त्रीको नाममा चन्दा संकलन गर्नेलाई कानुनी कारबाही गर्न निर्देशन

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन समेत दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १९:५१

२७ असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाममा चन्दा संकलन नगर्न सचेत गराएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री कार्कीको नाम प्रयोग गरेर चन्दा संकलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन समेत दिएको छ ।

प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग रकम माग गरिरहेको भन्ने जानकारी प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा छ ।

प्रधानमन्त्रीको तर्फबाट यस्ता किसिमका कुनै पनि चन्दा वा आर्थिक सहयोग संकलन गर्नका लागि कुनै व्यक्ति वा समूहलाई अनुमति नदिएको विज्ञप्तिमा भनिएको छ । यदि कोही कसैले यस्तो काम गरिरहेको भए त्यस्तो सहयोग अस्वीकार गर्न प्रधानमन्त्रीको कार्यालयले अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?