+
+
Shares

मधेश प्रदेश सभा बैठक सुरु,  मुख्यमन्त्री सिंहले विश्वासको मत लिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते १४:१९

२८ असोज, जनकपुरधमम । मधेश प्रदेश सभाको बैठक सुरु भएको छ ।

आजको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मतका लागि प्रस्तावसहित आफ्नो धारणा राखिरहेका छन् ।

प्रतिष्ठामाथि नै प्रहार हुन थालेपछि विश्वासको मत नपाउने अवस्था भए पनि कम्तीमा आफ्नो कुरा सदनमा राख्नका लागि विश्वासको मत लिन लागेको उनले बताएका छन्  ।

गत शुक्रबार मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभालाई एक पत्र लेख्दै विश्वासको मत लिनका लागि वातावरण मिलाइदिन पत्र पठाएका थिए ।

सोही अनुसार आज प्रदेश सभा बैठक बोलाइएको हो ।

गत भर्दा २३ र २४ गतेको जेनजी आन्दोलन चर्किएको समयमा सिंहले मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए । तर अन्तरिम सरकार गठनपछि उनले एकाएक कुरा फेरेका थिए ।

उनले त्यसदिन विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको बताउँदै आएका छन् ।

बोली फेरेपछि आफ्नै दल जनमतले गत ३१ भदौमा मधेश प्रदेश सभामा सभामुखलाई सम्बोधन गरेर मुख्यमन्त्री तथा मन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएको थियो । सो मितिबाट ३० दिनभित्र मधेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था आइलागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?