+
+
Shares

काँग्रेसले भन्योः निर्वाचनको तयारी शुरु गर्छौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने र पार्टी निर्वाचनको तयारीमा लागेको बताए।
  • घिमिरेले सर्वोच्च अदालतको फैसला सम्मान गर्दै आगामी कदम चाल्ने र सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए।
  • उनले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको र केन्द्रीय समितिको बैठकले थप निर्णय गर्ने बताए।

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टी निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बुधवार उनले निर्वाचनमा जानबाट कांग्रेस पछि नहट्ने बताएका हुन् ।

लोकतान्त्रिक पार्टी भएकाले वर्तमान परिस्थितिमा निर्वाचनबाट भाग्ने कुरा नहुने उनले बताए । । सर्वोच्च अदालतमा संसद विघटन र नयाँ सरकार गठन असंवैधानिक रहेको भन्दै १० वटा रिट परिसकेकाले सर्वोच्च अदालतको फैसला मानेर आगामी कदमहरु चाल्ने बताए ।

‘लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट पछि हट्दैनौं । सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्छौं’ उनले भने, ‘हामी निर्वाचनमा जानबाट पछि हट्दैनौँ । हामी निर्वाचनमा जान तयार छौँ । निर्वाचनको तयारीमा पार्टी लाग्छ ।’

उनले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताए ।

घिमिरेले वर्तमान सरकार र संसद विघटन असंवैधानिक रहेको जिकिर गरे ।  ‘वर्तमान सरकार र संसद विघटन असंवैधानिक कदम भनेका छौँ । दशैँअघि नै पार्टीको कार्य सम्पादन समितिको बैठकबाट यो असंवैधानिक कदम भएको भनिसकेका छौँ,’ उनले भने ।

उनले केन्द्रीय समितिको बैठक जारी रहेकाले बैठकले थप निर्णय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?