+
+
Shares

राप्रपाको अर्को केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति तोकिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १६:०२

२९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

उनका अनुसार, सोही बैठकबाट पार्टीको महाधिवेशन तय गर्ने निर्णय पनि भएको छ ।

‘केन्द्रीय कार्यसमितिको बैठक आगामी कार्त्तिक २७ र २८ गते । उक्त बैठकले केन्द्रीय महाधिवेशनको मिति तय गर्ने निर्णय भएको छ,’ बैठकका निर्णय सुनाउँदै लिङ्देनले भने ।

साथै, छठ पर्वपछि देशभर जनसंवाद कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?