+
+
Shares

‘काठमाडौं हरर चलचित्र महोत्सव २०२५’ का लागि छनोट भए यी २५ फिल्म

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको \'काठमाडौं हरर चलचित्र महोत्सव\' अक्टोबर ३१ देखि नोभेम्बर २ सम्म रसियन कल्चर सेन्टरमा हुँदैछ।

काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको ‘काठमाडौं हरर चलचित्र महोत्सव’मा छनोट भएका चलचित्रहरू र निर्णायक मण्डलको घोषणा गरिएको छ।

यस महोत्सवको आयोजना आगामी अक्टोबर ३१ देखि नोभेम्बर २ (कार्तिक १४ देखि १६) सम्म ‘हेलोविन डे’को अवसर पारेर कमपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुँदैछ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यो हरर चलचित्र महोत्सवले लोककथा, मिथक, हरर र रहस्यका विषयवस्तुमा आधारित फिल्महरूलाई प्रदर्शन गर्नेछ । आयोजकका अनुसार, विश्वभरबाट प्राप्त १०० भन्दा बढी चलचित्रमध्ये १५ देशका २५ चलचित्रहरू प्रदर्शनका लागि छनोट भएका छन्।

चलचित्रहरूको आह्वान फिल्म फ्रीवे नामक प्लेटफर्ममार्फत विश्वव्यापीरूपमा गरिएको थियो। प्राप्त फिल्महरूलाई गुणस्तर, विविधता र पारदर्शीताका आधारमा छनोट समितिले मूल्यांकन गरेको थियो।

महोत्सवमा उत्कृष्ट फिचर चलचित्र, उत्कृष्ट लघु चलचित्र र उत्कृष्ट युवा चलचित्र गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिनेछ।

यस महोत्सवका लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय विज्ञहरू सम्मिलित निर्णायक मण्डलमा प्रसिद्ध फोटोग्राफर राजभाइ सुवाल, चलचित्र समीक्षक होसाम फाह्मी र यास्मिन बुछफार रहेका छन् ।

महोत्सवको मुख्य उद्देश्य नेपालमा हरर शैलीका चलचित्रहरूको निर्माण र विकासलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएका छन् ।

नेपाली चलचित्र क्षेत्रमा हरर विधाका फिल्महरूको कमी रहेकाले यो महोत्सवले यस्ता फिल्म संस्कृतिलाई समृद्ध बनाउन र नयाँ पुस्तालाई चलचित्रप्रति आकर्षित गर्दै बजार बिस्तारमा नयाँ ढोका खोल्ने विश्वास लिइएको छ।

छनौट भएका फिल्महरू यस्ता छन् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?