
News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङको धनपालथान गाउँपालिका–६ कदमाहामा रहेको उखुबारीमा करिब ७ महिनाकी नाबालिका मंगलबार भेटिएकी छन्।
- स्थानीयले नाबालिकाको रोएको आवाज सुनेर प्रहरीलाई खबर गरेका थिए र नाबालिकालाई सिजवना खातुनको जिम्मामा छाडिएको थियो।
- अभिभावक सम्पर्कमा नआएपछि नाबालिकालाई विराटनगर महानगरपालिका–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा बुझाइएको छ।
२९ असोज, विराटनगर। मोरङमा उखुबारीमा नाबालिका फेला परेकी छन् । मंगलबार बेलुका धनपालथान गाउँपालिका–६ कदमाहामा रहेको उखुबारीमा करिब ७ महिनाकी नाबालिका भेटिएकी हुन्।
स्थानीय शम्भुप्रसाद यादवको उखुबारीमा नाबालिका रोएको आवाज आएपछि पुगेका स्थानीयले नाबालिकालाई भेटेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेका थिए ।
मंगलबार उखुबारीमा भेटिएकी नाबालिकाको अभिभावक फेला परेका छैनन । प्रहरीका अनुसार आफन्तको खोजी भइरहेको छ । प्रहरीले मंगलबार साँझ स्थानीय सिजवना खातुनको जिम्मामा नाबालिकालाई छाडेको थियो ।
अभिभावक सम्पर्कमा नआएपछि प्रहरीले संरक्षणका लागि बुधबार विराटनगर महानगरपालिका–१३ स्थित पूर्वाञ्चल बाल सेवा आश्रममा बुझाइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
प्रहरीका अनुसार बस्तीबाट थोरै टाढा रहेको उखुबारीमा कस्ले र किन छाड्यो भन्ने खुलेको छैन ।
प्रतिक्रिया 4