+
+
Shares

महाधिवेशनको मिति तोक्ने निर्णयमा ओलीलाई विष्णु रिजालको धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले महाधिवेशनको मिति निर्धारण गरेर पार्टीलाई अगाडि बढाउने कुरा प्रशंसनीय रहेको बताएका छन्।
  • जावलाखेलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा रिजालले अध्यक्ष केपी ओलीलाई महाधिवेशनको मिति तोकेर जाने निर्णय लिएकोमा धन्यवाद दिएका छन्।
  • रिजालले महाधिवेशनले नेतृत्व परिवर्तन, पुस्तान्तरण र हस्तान्तरणको विषय बदलिएको उल्लेख गर्दै नेतृत्व निर्माण त्यहीबाट हुने बताए।

२७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बिष्णु रिजालले महाधिवेशनको मिति निर्धारण गरेर पार्टीलाई अगाडि बढाउने कुरा प्रशंसनीय रहेको बताएका छन् ।

जावलाखेलमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा रिजालले महाधिवेशनको मिति तोकेर जाने निर्णय लिएकोमा अध्यक्ष केपी ओलीलाई पनि धन्यवाद दिए । ‘सचिवालयमा गहन छलफल गरेर सर्वसम्मत रुपमा महाधिवेशनमा जाने प्रस्ताव गर्नुभयो, यसका लागि उहाँ धन्यवादको पात्र हुनुहुन्छ,’ रिजालले भने ।

महाधिवेशनमा जाने निर्णयले नेतृत्व परिवर्तन, पुस्तान्तरण र हस्तान्तरणको विषय अब बदलिएको उनले बताए । ‘अब दुई महिना पनि रहेन महाधिवेशन, नेतृत्व निर्माण त्यहीबाट हुने भएकाले यो निर्णय धन्यवाद योग्य हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?