+
+
Shares

एमाले बैठकमा भीम रावल लगायत सबैको कारबाही फिर्ता गर्न माग

‘विद्या भण्डारीको सदस्यता नवीकरण नरोक्न आग्रह’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १७:४७

३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाउपाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् ।

त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने उनले बताए ।

‘विद्या भण्डारीको सदस्यता नवीकरण रोक्न हुँदैन । भीम रावल लगायत सबैको कारबाही फिर्ता हुुनपर्छ,’ बैठकमा रावलले भने ।

उनले एमालेका सबै सदस्यहरू भागेर लुकेकाहरू भएको भन्दै यथार्थपरक बन्न पनि आग्रह गरे ।

‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्थपरक बनौं,’ रावलको आग्रह थियो, ‘देश गम्भीर संकटमा छ, संविधान मुर्छित, लोकतन्त्र घाइते र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा छ । घनघोर षडयन्त्र र आकर्मण्यको सम्भावना टरेको छैन ।’

जनता एकातिर हुँदा पार्टी सदस्यहरू भने अर्कोतिर हिँडिरहेको उनको भनाइ छ । ‘पार्टीमा नेतृत्व हस्तान्तरण प्रक्रियालाई सहज रूपमा लिनुपर्छ,’ उनले भने, ‘२२ गतेभन्दा अघिको र पछिको शक्तिसन्तुलन र सम्बन्धमा व्यापक फेरबदल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?