
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वमहान्यायाधिवक्ताहरूले सभामुख देवराज घिमिरेलाई संसद् पुनर्स्थापनाको मुद्दा लिएर आफैँ सर्वोच्च अदालत नजान सुझाएका छन्।
- सभामुखले आफ्नो दायित्व संविधानको परिधिभित्र रही संस्थागत निर्णयमार्फत अगाडि बढाउन सक्ने पूर्वमहान्यायाधिवक्ताहरूले बताएका छन्।
- नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले संसद् पुर्नस्थापनाको माग लिएर सर्वोच्च जानेबारे स्वविवेकीय अधिकार प्रयोग गर्न सुझाएका छन्।
३० असोज, काठमाडौं। पूर्वमहान्यायाधिवक्ताहरूले सभामुख देवराज घिमिरेलाई संसद् पुनर्स्थापनाको मुद्दा लिएर आफैँ सर्वोच्च अदालत नजान सुझाएका छन् ।
सभामुख घिमिरेले बिहीबार पूर्वमहान्यायाधिवक्ताहरू तथा बार एसोसिएसनका पदाधिकारीसँग अलग–अलग छलफल गरेका थिए । त्यसक्रममा पूर्वमहान्यायाधिवक्ताहरूले प्रतिनिधि सभाको अधिकार क्षेत्र, कार्यकाल र विघटनको वैधानिकता स्पष्ट पार्ने कर्तव्य सभामुखको रहेको बताए।
सभामुखले आफ्नो दायित्व संविधानको परिधिभित्र रही संस्थागत निर्णयमार्फत अगाडि बढाउन सक्ने उनीहरूको सुझाव छ । तर, संसद् पुनस्र्थापनाको मुद्दा लिएर आफैँ सर्वोच्च अदालत नजान उनीहरूको सुझाव छ।
‘रिट परेको र सभामुखलाई विपक्षी बनाएको अवस्थामा पुनर्स्थापनाका पक्षमा स्पष्ट जवाफ दिन सक्नुहुन्छ’ पूर्वमहान्यायाधिवक्ताहरूको सुझाव छ, ‘सभामुख अदालतमा नजाँदा पनि अन्य पक्षले दायर गरेको रिटमा अदालतले संसद् विघटनको वैधानिकता र संवैधानिक अधिकारहरूको प्रयोग स्वतः परीक्षणको दायरामा ल्याउँछ।’
अदालतले न्यायिक पुनरावलोकन अधिकार प्रयोग गरी संसद् विघटनको वैधानिकता परीक्षण गर्न सक्ने पूर्वमहान्यायाधिवक्ताहरूको सुझाव छ ।
सभामुखलाई राय दिन पूर्वमहान्यायाधिवक्ताहरू महादेव यादव, प्रा. डा भरतबहादुर कार्की, खम्ब खाती पुगेका थिए ।
नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला र कोषाध्यक्ष जगतबहादुर कार्की पनि सभामुखलाई राय दिन पुगेका थिए ।
नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले भने संसद् पुर्नस्थापनाको माग लिएर सर्वोच्च जानेबारे स्वविवेकीय अधिकार प्रयोग गर्न सुझाएका छन् ।
प्रतिक्रिया 4