
३० असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २४ को घटनालाई अकल्पनीय र अनपेक्षित घटना भनेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबारको बैठकमा विभिन्न प्रस्तावहरू प्रस्तुत गर्ने क्रममा भदौ २४ को घटनालाई अकल्पनीय र अनपेक्षित घटना भनेका हुन् ।
बैठकमा उनले असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले राखेको मन्तव्य सन्तुलित र मार्मिक रहेको पनि बताए ।
सभापति देउवाको मन्तव्यमा सबै कुराहरू समेटिएको महामन्त्री थापाको भनाइ थियो ।
सभापति देउवा जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा सांघातिक आक्रमणमा परी घाइते भएका थिए ।
उनी घटनाको ३६ औं दिन सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका थिए ।
बैठकमा उनले लिखित मन्तव्य दिँदै तत्कालका लागि पार्टीको सक्रिय राजनीतिबाट विश्राम लिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाकह सभापतिको जिम्मेवारी दिएका थिए ।
प्रतिक्रिया 4