+
+
Shares

चर्को आवाजमा साइलेन्सर पड्काउने २ सय मोटरसाइकल ट्राफिकले समात्यो

प्रहरीका अनुसार काठमाडौं उपत्यकका विभिन्न ठाउँबाट २ सय मोटरसाइकल बिहीबार एकै दिन नियन्त्रणमा लिइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १८:२९

३० असोज, काठमाडौं । चर्को आवाजमा साइलेन्सर पड्काउँदै ध्वनि प्रदूषण गर्ने २ सय मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार काठमाडौं उपत्यकका विभिन्न ठाउँबाट २ सय मोटरसाइकल बिहीबार एकै दिन नियन्त्रणमा लिइएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार यसरी नियन्त्रणमा लिइएका अधिकांश मोटरसाइकलको साइलेन्सर मोडिफाइ गरी पड्कने बनाइएको थियो ।

ठूलो आवाज निकाली सवारीसाधन चलाउदा ध्वनि प्रदूषण हुनुका साथै मानवीय स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ  ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही गरिने ट्राफिकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?