+
+
Shares
भिडियो ब्रिफिङ :

राजनीतिमा देउवाको उत्थान र विश्रामको कथा

कदाचित्, जेन–जी आन्दोलनले कांग्रेस–एमाले सत्तागठबन्धनलाई अपदस्थ नगरेको भए आगामी वर्ष दिनभित्रै देउवाले  सबैभन्दा धेरैपटक प्रधानमन्त्रीको नेपाली रेकर्ड आफ्नो नाममा लेखाउने थिए।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेरबहादुर देउवाले छैटौं पटक प्रधानमन्त्री बन्ने तयारी गरिरहेका थिए तर स्वास्थ्य कारणले सक्रिय राजनीतिक जीवनबाट बिदा लिएका छन्।
  • देउवाले पाँच पटक प्रधानमन्त्री भएर नेपाली रेकर्ड राखिसकेका छन् र जेन–जी आन्दोलनले उनको सत्तागठबन्धनलाई अपदस्थ पारेको थियो।
  • उनको राजनीतिक जीवन अनेक घुम्ती र मोडबाट गुज्रिएको छ र असम्भव अवस्थाबाट पनि पुनरागमन गरेका छन्।

३० असोज, काठमाडौं। भाग्य होस् त देउवाको जस्तो– नेपालको राजनीतिक वृत्तमा शेरबहादुर देउवाका सन्दर्भमा केही महिना अघिसम्म पनि यस्ता भनाइ सुन्ने गरिन्थ्यो।

कतिपय राजनीतिक विश्लेषकहरू नै पनि उनलाई भाग्यमानी नेताका रूपमा चित्रित गर्थे। हुन पनि, मुलुकको सर्वोच्च कार्यकारी पदमा पाँच पटक आसिन भइसकेका देउवा ७९ वर्षको उमेर छैटौं पटक प्रधानमन्त्री बन्ने तयारीमा थिए।

कदाचित्, जेन–जी आन्दोलनले कांग्रेस–एमाले सत्तागठबन्धनलाई अपदस्थ नगरेको भए आगामी वर्ष दिनभित्रै देउवाले  सबैभन्दा धेरैपटक प्रधानमन्त्रीको नेपाली रेकर्ड आफ्नो नाममा लेखाउने थिए।

स्वास्थ्यको कारण देखाएर पूर्णबहादुर खड्कालाई पार्टीको कार्यबाहक सभापति सुम्पँदै सक्रिय राजनीतिक जीवनबाट बिदा लिएपछि तत्काल यो सपना टुटेको छ।

हुनत राजनीतिमा असम्भव केही हुँदैन। उनकै जीवन हेर्दा पनि असम्भव लाग्ने अवस्थाबाट अनेकपटक देउवाले राजनीतिको केन्द्रमा पुनरागमन गरेका छन्।

अर्थात्, देउवाको सिंगो राजनीतिक जीवन अनेक घुम्ती र मोडहरूबाट गुज्रिएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?