+
+
Shares

प्रधानमन्त्री कार्कीले कूटनीतिक निकाय र राजदूतसँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ७:२५

३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल गर्दैछिन् ।

नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई बोलाइएको छ ।

बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ ।

प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलो पटक बोलाएकी हुन् ।

मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन चुनौती छ । उनले मन्त्रिपरिषद्लाई पनि पूर्णता दिन सकिरहेकी छैनन् ।

यसअघि निर्वाचन आयोगले भने राजनीतिक दलहरुसहित छलफल गरेको थियो । तर, सरकारका तर्फबाट भने निर्वाचनको वातावरण बनाउनका लागि घनीभूत परामर्श हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति भएकी कार्कीले संसद विघटन गरेपछि निर्वाचन घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?