+
+
Shares

‘परान’ बारे के भन्छिन् अञ्जना ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान' १४ कात्तिकदेखि प्रदर्शनमा आउँदैछ र यसमा अभिनेत्री अञ्जना बराइलीले विशेष भूमिका निर्वाह गरेकी छिन्।
  • अञ्जना बराइलीले फिल्मको विषयवस्तुका कारण अभिनय स्वीकार गरेको र यो फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्ने बताइन्।
  • फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् र यसमा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द लगायतका कलाकारको अभिनय छ।

काठमाडौँ । फिल्म ‘परान’ १४ कात्तिकदेखि प्रदर्शन तयारीमा छ । यो फिल्मको एक विशेष भूमिकामा अभिनेत्री अञ्जना बराइली पनि छिन् । फिल्मले जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा पेश गर्छ ।

पछिल्लो समय नेपाली फिल्मकी व्यस्त अभिनेत्री बराइलीले यो फिल्ममा अभिनय गर्न आफूले दृश्यको संख्याभन्दा पनि विषयवस्तुको कारण स्वीकार गरेको बताइन् । उनले यो फिल्म खोजीखोजी हेर्ने फिल्मको सूचिमा पर्ने बताइन् ।

‘म यसमा जोडिनुको एउटै कारण यसको विषय हो । यो मैले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,’ उनले भनिन्, ‘जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु ।’

डबिङको समयमा आफूले फिल्मलाई दशैंको समयमा रिलिज गर्न सुझाव दिने गरेको सम्झिइन् । ‘प्रायः फिल्मलाई मैले यो समयमा रिलिज गर्नूस भनेर भन्दिँन’ उनले भनिन् ।

बराइलीका अनुसार दशैं-तिहार पारिवारिक माहोलका चाडपर्व भएकाले, पर्वमा राम्रो पारिवारिक फिल्म हेर्ने चाहना भएकाका लागि उपयुक्त भएकै कारण उनले निर्माण पक्षलाई दशैंमै फिल्म रिलिज गर्न सुझाव दिएको उनले बताइन् ।

‘जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडबाडमै लगाउनुपर्ने फिल्म हो । तर हामीले भने चाडबाड सकिएपछि रिलिज गर्न लागिरहेका छौं,’ उनले भनिन् ।

यो फिल्म सबै उमेर समूहका दर्शकलाई मनपर्ने अञ्जनाको दाबी छ । उनका अनुसार यसले सबै उमेरका मानिसका कुरालाई समेटेको छ । फिल्ममा शीर्ष भूमिका नीर शाहको भए पनि त्यसपछि दर्शकले याद गर्ने भूमिका आफूले गरेको अञ्जनाको भनाइ छ ।

उनले आफ्नो पात्रका बारेमा भनिन्, ‘फिल्ममा म अलिक मिजासिलो पात्रमा छु । यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ । मेरो पात्र एकदमै यादगार हुने देख्छु । मैले निर्वाह गरेको ‘रूपा’ पात्रको स्वभाव नै सम्झिने खालको छ ।’

रिलिज मिति नजिकिँदै आइरहेको भए पनि अञ्जना उति आत्तिएकी छैनन् । फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । आचार्यकै कथा रहेको फिल्मको पटकथा र संवाद यम थापाले तयार पारेका हुन् ।

व्यवसायिक घराना गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना भएको कम्पनी ‘बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको हो । फिल्ममा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?