+
+
WC Series
Nepal
0/0
VS
Samoa
0/0
Shares

कांग्रेस बैठकमा उठ्यो चुनाव सार्ने विषय

बैठकमा गण्डकी प्रदेश सभापति शुक्र राज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्‍ने दाबी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १२:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ।
  • गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले फागुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन नसक्ने दाबी गरे।
  • उहाँले प्रतिनिधिसभाको निर्वाचन वैशाख मसान्तमा गर्नुपर्ने र शान्ति सुरक्षाको वातावरण बनाउन समय पाउनु पर्ने बताउनुभयो।

३१ असोज, काठमाडौं। नेपाली कांग्रेसको बैठकमा फागुन २१ गते तोकेको प्रतिनिधिसभाको निर्वाचन सार्ने विषय उठेको छ ।

बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सरकारले तोकेको समयमा पहाडी जिल्लामा निर्वाचन हुन नसक्‍ने दाबी गरे ।

उनले भने, ‘फाल्गुन २१ मा पहाडी जिल्लामा निर्वाचन हुन सक्दैन।’

उनले प्रतिनिधिसभाको निर्वाचन वैशाख मसान्तमा गर्नुपर्नेमा जोड दिए। ‘वैशाख मसान्तको मितिमा निर्वाचन गर्नुपर्छ,’ उनले भने, ‘वैशाखमा गर्दा शान्ति सुरक्षाको वातावरण पनि निर्वाचन अनुकुल बनाउन सरकारले समय पाउछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?