+
+
WC Series
Nepal
0/0
VS
Samoa
0/0
Shares

सिंहदरबारमा कूटनीतिक निकायका प्रमुख र राजदूतलाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरू सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायका प्रमुखहरूसँग नेपालको समसामयिक अवस्था र प्रतिनिधि सभा निर्वाचनबारे छलफल सुरु गरेकी छिन्।
  • बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुख र विदेशी राजदूतहरू सहभागी छन् र २१ फागुनमा हुने निर्वाचनबारे परामर्श हुनेछ।
  • प्रधानमन्त्री कार्कीले नियुक्ति पछि पहिलो पटक यस्तो बैठक बोलाएकी हुन् र निर्वाचनको वातावरण बनाउन चुनौती रहेको छ।

३१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायहरूसँग छलफल थालेकी छिन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट छलफल चलिरहेको छ ।

नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न उनले कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरूको बैठक बोलाइएको हो । बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरू सहभागी छन् ।

बैठकमा नेपालको समसामयिक अवस्थाका साथै अन्तरिक सरकारले २१ फागुनमा तोकेको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुनेछ । प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रधानमन्त्री कार्कीले यसप्रकारको बैठक पहिलो पटक बोलाएकी हुन् ।

मिति नजिकिँदै गर्दा प्रधानमन्त्री कार्कीलाई निर्वाचनको वातावरण बनाउन चुनौती छ । यसअघि निर्वाचन आयोगले भने राजनीतिक दलहरुसहित छलफल गरेको थियो ।

तर, सरकारका तर्फबाट भने निर्वाचनको वातावरण बनाउनका लागि घनीभूत परामर्श हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री नियुक्ति भएकी कार्कीले संसद विघटन गरेपछि निर्वाचन घोषणा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?