+
+
WC Series
Nepal
0/0
VS
Samoa
0/0
Shares

सेना भन्छ– जेन-जी आन्दोलनमा ६८८ सरकारी कार्यालय निशानामा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनाले दुई दिने जेन–जी आन्दोलनमा ६ सय ८८ सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको जनाएको छ।
  • आन्दोलनमा ३०७ प्रहरी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान र १९८ राजनीतिक दलका कार्यालय आक्रमणमा परेका छन्।
  • सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयमा आगो लगाएर ध्वस्त पारिएको छ।

३१ असोज, काठमाडौं। दुई दिने जेन–जी आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालयमा क्षति पुगेको छ।

सेनाले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको क्रममा ६ सय ८८ सरकारी कार्यालयमा क्षति पुगेको जनाएको हो।

सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले ती सरकारी कार्यालयमा तोडफोड र आगजनी बताएको बताएका छन्। उनका अनुसार ३०७ प्रहरी कार्यालय पनि आक्रमणको निशानामा परेका छन्।

२५९ निजी निवास, १२८  व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको तथ्यांक नेपाली सेनाले सार्वजनिक गरेको छ।

भ्रष्टाचार अन्त्य, सुशासन, बन्द गरिएका सामाजिक सञ्जाल सञ्चालनलगायतका माग राखी जेनजीले काठमाडौंको माइतीघरमण्डलमा २३ गते प्रदर्शनको आयोजना गरेका थिए। प्रदर्शनमा प्रहरीको गोली लागेर २१ जनाको ज्यान गएपछि देशभर आक्रोश बढेको थियो।

भोलिपल्ट २४ भदौमा देशभरका सरकारी कार्यालय, निजी निवास, व्यापारिक प्रतिष्ठान, राजनीतिक दलका पार्टी कार्यालय, प्रहरी कार्यालय र सञ्चार गृहमा आक्रमण भएको थियो।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायतका ऐतिहासिक महत्वका संरचना आगो लगाएर ध्वस्त पारिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?