
News Summary
Generated by OK AI. Editorially reviewed.- ओरियन्टल होटलको २८ औं वार्षिक साधारणसभा असोज ३१ गते सम्पन्न भएको छ।
- गत आर्थिक वर्ष २०८१/८२ मा होटलको कुल आम्दानी १ अर्ब ८ करोड र खुद नाफा ४ करोड ३८ लाख रुपैयाँ भएको कम्पनीले जनाएको छ।
- कम्पनीले ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।
३१ असोज, काठमाडौं । ओरियन्टल होटलको २८ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा भएको साधारणसभाले गत आर्थिक वर्षसम्मको वार्षिक वित्तीय प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित, असार मसान्तको वासलात, नाफा नोक्सान हिसावकिताव विवरण पारित गरेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा होटलको कुल आम्दानी १ अर्ब ८ करोड रुपैयाँ भएको कम्पनीले जनाएको छ । जसबाट खुद नाफा ४ करोड ३८ लाख प्राप्त गरेको छ ।
पछिल्लो समय नेपालमा भित्रिने पर्यटकको संख्यामा कमी आएकाले कम्पनीको नाफा प्रभावित भएको छ । यस कम्पनीले निर्माण गरेको अपार्टमेन्ट पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
यसैबीच कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । १ सेयर बराबर ०.२६६३ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ । ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँको हकप्रद सेयर निष्कासन हुनेछ । उक्त रकमबाट कम्पनीको पुरानो परिसरमा रहेका तल्ला पुननिर्माण गर्न उपयोग हुनेछ ।
प्रतिक्रिया 4