
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशन गर्ने अवधि २१ दिनसम्म बढाएको छ।
- केन्द्रीय बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासका लागि त्रैमासिक विवरण २०८२ कात्तिक २१ सम्म बुझाउन समयावधि थप गरेको छ।
- लेखा नीतिअनुसार २०८२/८३ को पहिलो त्रैमासमा अक्रुअल बेसिसमा ब्याज आम्दानी २०८२ कात्तिक १५ भित्र आम्दानीमा देखाउन पाउने व्यवस्था गरिएको छ।
३१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई त्रैमासिक प्रतिवेदन प्रकाशन गर्ने अवधि बढाएको छ ।
केन्द्रीय बैंकले त्रैमास सकिएको एक साताभित्र प्रकाशन गर्नुपर्ने विवरणलाई २१ दिन अवधि दिएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था एवं पूर्वाधार विकास बैंकले त्रैमासिक विवरण तथा प्रकाशन गर्नुपर्ने अन्तरिम वित्तीय प्रतिवेदन चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासका हकमा २०८२ कात्तिक २१ सम्म समयावधि थप गरेको हो ।
त्यसैगरी केन्द्रीय बैंकले लेखा नीति बमोजिम २०८२/८३ पहिलो त्रैमासमा अक्रुअल बेसिसमा ब्याज आम्दानीमध्ये २०८२ कात्तिक १५ भित्र प्राप्त ब्याजलाई आम्दानीमा देखाउन पाउने व्यवस्था गरेको छ ।
त्यस्तै अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबर रकममा प्रचलित व्यवस्था अनुसार आयकर तथा कर्मचारी बोनस एवं वैधानिक कोषमा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकम सञ्चित मुनाफामा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने छ ।
प्रतिक्रिया 4