+
+
Shares

एसिया-प्यासिफिक निरन्तर विश्व आर्थिक वृद्धिको नेता, ६० प्रतिशत योगदान

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते २०:३२

३१ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)का अनुसार चीन तथा भारतलगायत मुलुकहरू रहेको एसिया तथा प्यासिफिक क्षेत्र विश्व आर्थिक वृद्धिको सबैभन्दा ठूलो योगदानकर्ताका रुपमा कायमै रहने भएको छ ।

विश्व आर्थिक वृद्धिमा ६० प्रतिशत हिस्सा ओगट्ने यो क्षेत्रको अर्थतन्त्र यो वर्ष सन् २०२५ मा ४.५ प्रतिशतले विस्तार हुने आईएमएफले जनाएको छ । आगामी वर्ष सन् २०२६ मा भने यो क्षेत्रको वृद्धिदर सीमान्त रुपमा घटेर ४.१ प्रतिशत रहने पनि आईएमएफको भनाइ छ ।

एसिया प्यासिफिक क्षेत्रको आर्थिक गतिविधि अप्रिलमा अपेक्षा गरेभन्दा राम्रो राम्रो भएको आईएमएफको एसिया तथा प्यासिफिक विभागका निर्देशक कृष्ण श्रीनिवासनले बताए । ‘एसिया तथा प्यासिफिक विश्व आर्थिक वृद्धिको पावरहाउस नै रहिरहनेछ,’ बिहीबार अमेरिकाको वासिंटन डीसीमा आयोजित पत्रकार सम्मेलनमा श्रीनिवासनले भने ।

गत अप्रिलमा अमेरिकाले बढाएको उच्च आर्थिक वृद्धिको प्रभाव अपेक्षा गरेकोभन्दा कम परेको उनले बताए ।

‘तर पनि व्यापारमा कुनै ठूलो धक्का आयो भने त्यसले एसियाको अर्थतन्त्रलाई प्रभाव पार्ने छ । किनभने यो विश्वव्यापी मूल्यशृंखलामा धेरै नै जोडिएको छ,’ उनले भने ।

तर, पछिल्लो समय एसियाको वृद्धि आन्तरिक वृद्धिमा निर्भर बन्दै गएको उनले बताए ।

‘एसियाली मुलुकबीच नै व्यापार वृद्धि भयो भने भन्सार वृद्धिको असर कम पर्ने छ र त्यसले थप वृद्धि हासिल हुनेछ,’ उनले भने ।

अमेरिकी ट्यारिफ वृद्धिले एसियाली क्षेत्रको क्षेत्रीय व्यापार बढ्ने अपेक्षा रहेको उनले बताए ।  यसका साथै, जापान तथा कोरियामा हुने एआई एवं टेक बुमले पनि यस क्षेत्रको वृद्धिलाई योगदान दिने उनले बताए ।

चीनको अर्थतन्त्रलाई पनि ट्यारिफ वृद्धिले अपेक्षा गरिएभन्दा कम नै प्रभाव पारेको उनले बताए । ‘चीनको अर्थतन्त्र उत्थानशील भयो । तर, चीनमा अस्थिरता अझै पनि उच्च नै छ,’ उनले भने ।

भारतको अर्थतन्त्र यो वर्ष ६.६ प्रतिशत र आगामी वर्ष ६.२ प्रतिशत हुने प्रक्षेपण पनि आईएमएफको छ । अमेरिकाले भारतमाथि ५० प्रतिशत भन्सार बढाइदिएको छ ।

तर, यो वर्ष भारत सरकारले जीएसटी सुधार गरेकाले उच्च ट्यारिफको नकारात्मक प्रभाव घटाउन सहयोग गरेको श्रीनिवासनले बताए ।

यद्यपि, भारतले लक्ष्य लिएअनुसार अर्थतन्त्र विस्तार गर्ने हो भने आन्तरिक माग बढाउने मात्रै होइन, क्षेत्रीय एकीकरणलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए ।

‘त्यसका लागि भारतले व्यापार उदारीकरण गर्नुपर्छ । चीनलगायत मुलुकसँग प्रतिस्पर्धा गर्न र विश्वव्यापी मूल्यशृंखलामा समावेश हुन पनि भारतले त्यो काम गर्नुपर्छ,’ उनले भने ।

भारतले अमेरिकासँग व्यापार सम्झौता गर्न सफल भयो भने आर्थिक वृद्धि अझै बढ्न सक्ने उनको भनाइ छ ।

एसियाली मुलुकले आफ्नो आर्थिक वृद्धिलाई अझै समावेशी र उत्थानशील बनाउनुपर्ने छ श्रीनिवासनले बताए ।

‘एसियाली मुलुकले पुँजीको उत्पादनशीलता अर्थात १ डलर लगानी गर्दा कति प्रतिफल प्राप्त गर्ने भन्ने कुरालाई अझै बढाउनुपर्नेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?