+

लिग २ क्रिकेट शृंखलाका लागि नेपालको टोली घोषणा

२०८२ कात्तिक  १ गते १९:४९ २०८२ कात्तिक १ गते १९:४९
लिग २ क्रिकेट शृंखलाका लागि नेपालको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले आईसीसी विश्व क्रिकेट लिग २ का लागि नेपाली टोली घोषणा गरेको छ।
  • शृंखला २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ र नेपालले अमेरिकासँग पहिलो खेल खेल्नेछ।
  • टी-२० विश्वकप छनोटबाट सन्दीप जोरा, लोकेश बम र आदिल आलम बाहिरिएका छन् भने भीम सार्की, अनिल साह र शाहब आलम टोलीमा आएका छन्।

१ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने ओडिआई शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार विज्ञप्ति जारी गरेर लिग २ का लागि नेपाली टोली घोषणा गरेको हो । शृंखला आगामी २६ अक्टोबरदेखि ५ नोभेम्बरसम्म यूएईमा हुँदैछ ।

भर्खरै सम्पन्न आईसीसी टी-२० विश्वकप छनोट खेलेको टोलीबाट सन्दीप जोरा,  लोकेश बम र आदिल आलम बाहिरिएका छन् । भीम सार्की, अनिल साह र शाहब आलम टोलीमा आएका छन् ।

लिग २ शृंखलाका लागि नेपाली टोली युएई पुगिसकेको छ ।

नेपालले पहिलो खेलमा २६ अक्टोबरमा अमेरिकासँग खेल्नेछ । त्यसपछि ३० अक्टोबरमा यूएईसँग, १ नोभेम्बरमा अमेरिका अनि ५ नोभेम्बरमा यूएईसँग खेल्नेछ ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, अनिल साह, आरिफ शेख, भीम सार्की, गुल्शन झा

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय