+
+
Shares

निर्वाचन केन्द्रित तयारीमा सरकार, बोलाइयो केन्द्रीय सुरक्षा समिति बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १ गते २०:४५
पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठक ।

१ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । आइतबार बस्नेगरी केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् । सरकारले निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित बनाएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

यही सन्दर्भमा शनिबार राष्ट्रपति निवास शीतलनिवासमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शीतलनिवासमा गहन छलफल भएको थियो ।

छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउनेदेखि सुरक्षा अवस्था सदृढ पार्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिने बताइएको छ ।

त्यस्तै, गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ ।

समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ ।

‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौं । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अर्यालले भन्नुभयो, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?