+
+
Shares

तोलामा ४ हजार ८ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ तोकेको छ।
  • सुनको मूल्य शुक्रबारको २ लाख ५८ हजार रुपैयाँबाट ४ हजार ८ सय रुपैयाँले घटेको छ।
  • चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले घटेर ३ हजार २७५ रुपैयाँमा कारोबार भएको छ।

२ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ ।

यसअघि शुक्रबार २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेपछि नेपाली बजारमा प्रभाव देखिएको हो ।

त्यस्तै चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार २७५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?