News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली महिला फुटबल टोलीले कात्तिक ७ र १० गते इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ।
- टोलीले दशरथ रंगशालामा प्रशिक्षण गरिरहेको छ र अन्तिम टोली घोषणा भइसकेको छ।
- टोलीमा २ जना नयाँ खेलाडी र ३ जना पुनरागमन गरेका खेलाडी छन्, भारत र इरानको फिफा वरियतामा नेपाल क्रमशः ८९औं, ७०औं र ६३औं स्थानमा छन्।
२ कात्तिक, काठमाडौं । आउँदो कात्तिक ७ र १० गते हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोली यतिबेला प्रशिक्षणमा व्यस्त छ ।
टोलीले दशरथ रंगशालामा प्रशिक्षण गरिरहेको छ । ७ गते इरान र १० गते भारतसँग नेपालले मैत्रीपूर्ण खेल खेल्दै छ । दुवै खेल भारतको शिलोङमा हुनेछ ।
फिफाको वरियतामा भारत ६३औं, इरान ७०औं तथा नेपाल ८९औं स्थानमा छन् ।
खेलका लागि नेपालको अन्तिम टोली घोषणा भइसकेको छ । टोलीमा २ जना नयाँ खेलाडी परेका छन् भने ३ खेलाडीले पुनरागमन गरेका छन् ।
नेपालको टोली : साबित्रा भण्डारी (कप्तान), अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, बिमला बिक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सबिता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु, उषा नाथ।
तस्वीरहरू
प्रतिक्रिया 4