+

हङकङ सिक्सेसमा नेपाली टोलीको कप्तानी शरदले गर्ने, त्यसपछि सन्यास लिने

२०८२ कात्तिक  २ गते १४:२५ २०८२ कात्तिक २ गते १४:२५
हङकङ सिक्सेसमा नेपाली टोलीको कप्तानी शरदले गर्ने, त्यसपछि सन्यास लिने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले आगामी नोभेम्बर ७ देखि ९ सम्म हङकङमा हुने हङकङ क्रिकेट सिक्सेस २०२५ का लागि ७ सदस्यीय टोली घोषणा गरेको छ।
  • टोलीमा कप्तान शरद भेषावकरसहित सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन्।
  • शरदले यस प्रतियोगितापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने क्यानले जानकारी दिएको छ।

२ कात्तिक, काठमाडौं । हङकङ क्रिकेट संघको आयोजनामा आगामी नोभेम्बर ७ देखि ९ सम्म हङकङमा आयोजना हुने हङकङ क्रिकेट सिक्सेस २०२५ का लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार भेट्रान क्रिकेटर शरद भेषावकरको कप्तानीमा ७ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा शरदसँगै यसअघि कप्तानी गरेका सन्दीप जोरा, लोकेश बम, मोहम्मद आदिल आलम, बसिर अहमद, रुपेश सिंह र राशिद खान छन् ।

यस्तै यस प्रतियोगितामा खेलेपछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने पनि क्यानले जानकारी दिएको छ ।

हङकङ क्रिकेट सिक्सेसमा नेपाल पोल ‘ए’मा परेको छ । यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन् ।

प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुनेछ । सहभागि १२ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

पोल ‘बी’मा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र यूएई छन् भने पोल ‘सी’मा भारत, पाकिस्तान र कुवेत तथा पोल ‘डी’मा श्रीलंका, बंगलादेश र हङकङ सामेल छन् ।

यस प्रतियोगिताको हरेक खेल ६-६ ओभरको हुनेछ भने एक टिममा ६ खेलाडी खेल्न पाउनेछन् ।

एक इनिङमा चार खेलाडीले बढीमा १ ओभर बलिङ गर्न पाउनेछन् भने एक खेलाडीले २ ओभर बलिङ गर्न पाउँछन्।

सन् १९९३ देखि सुरु भएको हङकङ सिक्सेस प्रतियोगिता पछिल्लो पटक सन् २०२४ मा आयोजना भएको थियो जहाँ श्रीलंकाले उपाधि जितेको थियो ।

 

सन्दीप जोरा हङकङ सिक्सेस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय