+

भारतविरुद्धको पहिलो ओडिआईमा अस्ट्रेलियाको सहज जित

२०८२ कात्तिक  २ गते १७:१५ २०८२ कात्तिक २ गते १७:१५
भारतविरुद्धको पहिलो ओडिआईमा अस्ट्रेलियाको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाले भारतसँगको ओडिआई शृंखलाको पहिलो खेलमा ७ विकेटले जित हासिल गरेको छ।
  • पहिलो खेल पर्थमा २६ ओभरमा छोट्याइएको थियो र भारतले १३६ रन बनाएको थियो।
  • अस्ट्रेलियाले डीएलएस नियम अनुसार १३१ रनको लक्ष्य २९ बल बाँकी छँदै पूरा गरेको छ।

२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाले भारतसँगको ओडिआई शृंखलाअन्तर्गत पहिलो खेलमा सहज जित निकालेको छ । आइतबार पर्थमा भएको पहिलो एकदिवसीय खेलमा अस्ट्रेलियाले भारतलाई ७ विकेटले पराजित गर्दै श्रृंखलामा १–० को अग्रता लिएको हो ।

पटकपटक वर्षाका कारण रोकिएको खेल २६ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेट गुमाउँदै १३६ रन बनाएको थियो।

केएल राहुलले ३८ र अक्सर पटेलले ३१ रन जोडे। अष्ट्रेलियाका बलरहरूमध्ये जोश हेजलवुड, मिचेल ओवेन र म्याथ्यू कुह्नेमानले दुई-दुई विकेट लिए भने मिचेल स्टार्क र नेथन एलिसले एक-एक विकेट लिए।

डीएलएस नियम अनुसार १३१ रनको लक्ष्य पाएको अस्ट्रेलियाले २९ बल बाँकी छँदै तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। कप्तान मिचेल मार्स ४६ रनमा अविजित रहे । जोश फिलिपले ३७ रन बनाए । म्याट रेन्शह २१ रनमा अविजित रहे।

शृंखलाको दोस्रो खेल बिहीबार हुनेछ ।

अस्ट्रेलिया-भारत ओडिआई ओडिआई शृंखला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय