News Summary
Generated by OK AI. Editorially reviewed.- डिसहोम सातौं बाह्रखरी कथा प्रतियोगिता २०८२ मा प्रथम हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।
- प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २ लाख, १ लाख र ६० हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।
- प्रतियोगिताको निर्णायक समूहमा अशेष मल्ल, मञ्जु काँचुली र अभय श्रेष्ठ रहेका छन् र पुस दोस्रो साता विजेता घोषणा गरिनेछ।
२ कात्तिक, काठमाडौं । ‘डिसहोम सातौं बाह्रखरी कथा प्रतियोगिता २०८२’ मा प्रथम हुनेले २ लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
यो प्रतियोगिताका लागि कथा आह्वान गर्न आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
बाह्रखरी मिडियाले यस वर्षदेखि विगत वर्षभन्दा पुरस्कार राशि बढाएको जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई यस वर्षदेखि क्रमशः २ लाख, १ लाख र ६० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने बाह्रखरीले जनाएको छ ।
संग्र्रहमा छापिने बाँकी २२ कथाकारलाई जनही ७ हजार रुपैयाँँका दरले पुरस्कार सम्मान स्वरूप प्रदान गरिने पनि जनाइएको छ ।
कथा लेखनको सम्वद्र्धन र प्रवद्र्धनमा बाह्रखरी मिडियाले ६ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपाली भाषामा लेखिएका संसारभरिबाट प्राप्त कथाले प्रतिस्पर्धामा भाग लिन पाउने आयोजकले जनाएको छ ।
यो प्रतियोगिताको निर्णायक समूहको संयोजकमा नाट्यकर्मी तथा साहित्यकार अशेष मल्ल र वरिष्ठ कथाकार मञ्जु काँचुली तथा अभय श्रेष्ठ रहेका छन् ।
प्रतियोगितामा निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८२’ पुस्तकका लागि थप २२ समेत गरी २५ कथासमेत छान्ने जनाइएको छ । पुस दोस्रो साता विजेता घोषणा हुने बाह्रखरीले जनाएको छ ।
यसबारे जानकारी दिन आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुवदीले विद्वत प्रवचन प्रस्तुत गरेका थिए । त्यस क्रममा उनले नेपाली आख्यान खासगरी कथा विधाको विकास तथा प्रवृत्तिबारे मन्तव्य दिएका थिए ।
प्रतिक्रिया 4