+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मसँग पनि रोलेक्स घडी छ, पहिलेको बेचेँ, अहिलेको बेच्दिनँ : शिक्षामन्त्री पुन

मैले लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि !

मन्त्री पुनले व्‍यंग्य गर्दै भनेका छन्, ‘ मैले लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूलाई उपहारस्वरुप रोलेक्स घडी प्राप्त भएको तर लगाएर नहिँडेको बताएका छन्।
  • उनले ताप्लेजुङमा किताब बेच्दै जाँदा सुकेटारका एक बृद्ध दम्पतिले जवरजस्ती रोलेक्स घडी दिएका थिए भनी बताएका छन्।
  • मन्त्री पुनले ३ वर्षअघि बेलायत बस्ने साथीले दिएको अर्को रोलेक्स घडी फेसबुकमा राखेर बेचिदिएको र हालको घडी तुरुन्तै नबेच्ने बताएका छन्।

२ कात्तिक, काठमाडौं। शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग पनि रोलेक्स घडी रहेको तर हातमा लगाएर नहिँडेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा रोलेक्स घडीको तस्वीर राख्दै उनले आफूसँग पनि रहेको जानकारी दिएका हुन् ।

तर उनले उक्त घडी आफैंले नकिनी ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा उपहारस्वरुप दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘ मेरो पनि तल फोटोमा देखाएको रोलेक्स घडी छ है साथीहरु। यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना बृद्ध दम्पतिले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनु भयो।’

सञ्‍चारमन्त्री जगदीश खरेलको घडीबारेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री पुनले व्‍यंग्य गर्दै भनेका छन्, ‘ मैले लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ ।’

उनले ३ वर्ष पनि बेलायत बस्‍ने एक जना साथीले रोलेक्स घडी दिएको तर आफूले उक्त घडी फेसबुक मै राखेर बेचिदिएको बताएका छन्। ‘३ बर्ष पहिला पनि UK मा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुक मै राखेर बेचिदिएँ।’

साथै उनले अहिले भएको रोलेक्स घडी भने तत्काल नबेच्‍ने बताएका छन् । उनले व्‍यंग्यपारामा भनेका छन्, ‘तर यो अहिलेको घडी तुरुन्तै बेच्दिन।🙏🙏🙏 गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?