+
+
Shares

सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार   

रासस रासस
२०८२ कात्तिक ३ गते १२:५०

३ कात्तिक, संखुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि संखुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ ।

पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरी हुन पुगेकी उनीको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत् विराटनगरस्थित कोशी अस्पतालमा लगिएको हो ।

आइतबार बेलुका उनी सो चौकीमा गएकी थिइन् । स्वास्थ्यकर्मीले उनीको परीक्षणका क्रममा नवजात शिशुका अवस्था जटिल देखिएको जनाउँदै तत्काल ‘रिफर’ गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार आज बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत गर्भवती तामाङको उद्धार गरिएको हो ।

उनले भने, ‘समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो ।’

राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत तामाङलाई विराटनगरस्थित कोशी अस्पताल पुर्‍याइएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?