
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालसँग फिल्म क्षेत्रका कलाकार कार्म, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा र दिब्यदेव पन्तले भेट गरेका छन्।
- भेटमा २१ फागुनमा हुने चुनाव समयमै सम्पन्न गर्न र जेनजी आन्दोलनका शहीदलाई न्याय दिन सुझाव दिइएको छ।
- गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा 'आभारी छु, सल्लाह सुझाव र ऐक्यबद्धताको लागि' लेख्दै भेटको फोटो पोस्ट गर्नुभएको छ।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग फिल्म क्षेत्रका केही चर्चित कलाकारले भेटेका छन् ।
कार्म, निश्चल बस्नेत, सुरक्षा पन्त, ऋचा शर्मा, दिब्यदेव पन्त लगायतले गृहमन्त्रीलाई सिंहदरबारस्थित मन्त्रालयमा आइतबार भेटेका हुन् ।
भेटमा मन्त्री अर्याललाई समसामयिक परिस्थितीमा केही सुझाव दिइएको अभिनेता कार्मले अनलाइनखबरलाई बताए ।
२१ फागुनमा घोषित चुनाव समयमै सम्पन्न गर्न, जेनजी आन्दोलनका शहीदलाई न्याय दिनसहितका सुझाव दिइएको उनले जनाए ।
‘खास परिस्थितीमा सरकार बनेकाले सोही अनुसारका सुझाव हामीले दिएका हौं’ कार्मले भने, ‘गृहमन्त्रीले पनि सुझावलाई मनन गर्नुभएको छ ।’
उक्त भेटपछि गृहमन्त्रीले सामाजिक सञ्जालबाट फोटो पोस्ट गर्दै लेखेका छन्, ‘आभारी छु, सल्लाह सुझाव र ऐक्यबद्धताको लागि ।’
पछिल्लो समय फिल्म निर्देशक समेत रहेका बस्नेत बालेन, सुमना, सुधन गुरुङलाई मिलाएर पार्टी बनाउने कुरामा सहजीकरण गरिरहेको खबर छ । उनले यसबारे केही मिडियालाई पनि बताइसकेका छन् ।
प्रतिक्रिया 4