+
+
Shares
कविता :

बगिरहेको गितार

प्रिय विपिन तिम्रा औंलाहरूको बिदाइसँगै !
बगेका छन् सबै धुन ‘महाकाली’मा !

कविता शर्मा कविता शर्मा
२०८२ कात्तिक ४ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको मेचीनगरकी कवि शर्माले विपिन जोशीको अन्त्यष्टिसँगै गितार महाकाली नदीमा बगाइएपछि दिवंगत जोशीप्रति समर्पित कविता लेखेकी छन्।
  • कवितामा विपिन जोशीको गितार र उनको बिदाइसँगै देशभरका नदीमा आँसु बगिरहेको भाव व्यक्त गरिएको छ।
  • कविताले विपिनको अमरत्व र जीवनका धुनहरू बजाउनुपर्ने सन्देश दिन्छ।

बजिरहेको गितार,

बगिरहेको छ महाकालीमा !

गितार मौन छ, नदी मौन छ

मौन छ किनार, मौन छन् मानिसहरू

तर मौन मनहरूमा असीम कोलाहल छ !

प्रिय विपिन,

बगिरहेको गितार टिपेर

जिमी हेंड्रिक्सले कुनै धुन कल्पिए

सायद यतिबेला धुन आफैं भक्कानिने थियो !

जोन लेननले कुनै ‘इम्याजिन’ बजाए

धुन आफैंसँग रुने थियो !

प्रिय विपिन तिम्रा औंलाहरूको बिदाइसँगै !

बगेका छन् सबै धुन ‘महाकाली’मा !

महाकालीमा एक आमाको काख रित्तिँदा

मेचीमा अर्की आमाको काख रोएको

अनुभूति गरिरहेकी छु विपिन !

सायद यही हो नाता/यही हो ममत्व

सायद यही हो, अब तिम्रो अमरत्व

जन्मँदा केवल एक आमाको कोख भरिएको

जाँदैगर्दा लाखौं आमाको काख रित्तिएको

कविता शर्मा।

प्रिय एक बहादुर छोरा !

महाकालीमा तिम्रो अस्तु बग्नुसँंगै

देशभरका नदीमा बगिरहेका छन् – आँसु !

फक्रिएको सयपत्रीका सामू

मुर्झाएकी बहिनीको अनुहार

संसारको उज्यालो रित्तिएर

अर्धमृत आमाको शरीर

जुरुक्क उठ्थे होला

गितार बजाउँदै , बजाउँदै

तिम्रा औँलाहरू आँगनमा फर्किए

प्रिय विपिन

तिम्रो पछिपछि, बग्दैबग्दै

आउँदैछ तिम्रो गितार तिमीलाई पछ्याउँदै, पछ्याउँदै

कतै अनन्त लोकमा

तिमी र तिम्रो गितारको भेट भए

बजाउनु है ल ! जीवनका धुनहरू

तिमीलाई छोटो आयु दिने चित्रगुप्तको विरुद्धमा !

तिमीलाई बाँच्न नदिने यो धर्त‍ीका विरुद्धमा !!

(मेचीनगर, झापा निवासी कवि शर्माले  विपिन जोशीको अन्त्यष्टिसँगै गितार महाकाली नदीमा बगाइएपछि दिवंगत जोशीप्रति समर्पित गर्दै लेखेकी हुन्। )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?