News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्षको भदौसम्ममा लघुवित्त संस्थाहरूले १ अर्ब ३ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छन्।
- लघुवित्तले भदौसम्ममा १० अर्ब २१ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी र ५ अर्ब १६ करोड ८० लाख रुपैयाँ ब्याज खर्च गरेको छ।
- लघुवित्तमा निष्क्रिय सदस्य संख्या ७ लाख ९८ हजारबाट ७ लाख ९१ हजारमा घटेको छ भने ओभर ड्यू ऋणी संख्या ९ लाख ९ हजारबाट ७ लाख ५३ हजार पुगेको छ।
४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष लघुवित्त क्षेत्रमा सुधार आउने संकेत देखिएको छ । लघुवित्तहरूकाे कर्जा लगानीसँगै खुद नाफामा समेत सुधार आएको हो ।
चालु आव दुई महिना अर्थात् भदौसम्म लघुवित्त संस्थाहरूले १ अर्ब ३ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेका छन् । यो नाफा साउनको तुलनामा ७७ प्रतिशतले धेरै हो ।
चालु आव साउनमा ५८ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका थिए । गत आव भदौसम्म लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५९ करोड मात्रै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
उक्त अवधिमा लघुवित्तले १० अर्ब २१ करोड ६० लाख रुपैयाँ बरारब ब्याज आम्दानी गरेका छन् । लघुवित्तको ब्याज खर्च ५ अर्ब १६ करोड ८० लाख रुपैयाँ रहेको छ ।
चालु आव भदौसम्म लघुवित्तको ब्याज आम्दानी सुधार आएपछि खुद नाफा बढेको केन्द्रीय बैंकले जनाएको छ । यो अवधिमा लघुवित्त वित्तीय संस्थाको सञ्चालन आम्दानी भने शून्य छ ।
भदौसम्ममा ५२ लघुवित्त वित्तीय संस्थाले ३ अर्ब ६४ करोड ९० लाख रुपैयाँ जोखिम व्यवस्थाका लागि छुट्याएका छन् । यो रकम साउनको तुलनामा ६० प्रतिशतले धेरै हो । साउनमा लघुवित्तहरूले २ अर्ब २७ करोड रुपैयाँ छुट्याएका थिए ।
भदाैसम्म लघुवित्तहरूकाे निष्क्रिय समूहको संख्या ३८ हजार ३ सय ३२ रहेको केन्द्रीय बैंकले जनाएको छ । कोरोना महामारी र आर्थिक मन्दीका कारण अर्थतन्त्रको असर लघुवित्तमा पनि देखिएको थियो ।
लघुवित्तमा दोहोरो सदस्यता, बैंक तथा वित्तीय संस्थाकै ऋणीले कर्जा लिएको समस्याले लघुवित्त क्षेत्र नै जोखिम देखिएका थियो । त्यसपछि केन्द्रीय बैंकले लघुवित्त क्षेत्रलाई सुधार गर्दै अघि बढाउने गरी अध्ययन गर्यो । उक्त अध्ययन प्रतिवेदनको कार्यन्वयन सुरु भएको पनि करिब डेढ वर्ष पुगेको छ । त्यसको असर स्वरूप पनि लघुवित्त वित्तीय संस्थामा केही सहज स्थिति देखिएको हो ।
साथै, बैंकिङ प्रणालीमा घट्दो ब्याजदर र कर्जाको न्यून मागको फाइदा लघुवित्त क्षेत्रमा भएको छ । लघुवित्तले सस्तो सापट लिई कर्जा लगानी गर्ने भएकाले पनि तुलनात्मक रूपमा न्यून वित्तीय प्रणाली ब्याजदर र अधिक तरलता भएको अवस्थामा लघुवित्तलाई फाइदा हुन्छ ।
चालु आव भदौसम्ममा निष्क्रिय सदस्य संख्या पनि कमी आएको छ । चालु आव साउनमा ७ लाख ९८ हजार रहेको निष्क्रिय सदस्य संख्या भदौसम्म आइपुग्दा ७ लाख ९१ हजारमा झरेको छ । तर, समयमा कर्जाको साँवा ब्याज भुक्तानी नगर्ने ऋणी संख्या भने बढेको छ । चालु आव साउनमा ९ लाख ९ हजार रहेको ओभर ड्यु ऋणी संख्या भदौमा ७ लाख ५३ हजार पुगेको छ ।
भदौसम्म लघुवित्त वित्तीय संस्थाका बचत सदस्य संख्या ६२ लाख ५७ हजार छ । यो अवधिमा सम्ममा लघुवित्तमा कुल २ खर्ब ३८ करोड ४० लाख रुपैयाँ बचत रहेको केन्द्रीय बैंकले जनाएको छ।
प्रतिक्रिया 4