
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशविरुद्ध भयानक षड्यन्त्र भइरहेको दाबी गरेका छन्।
- ओलीले जेनजी आन्दोलन क्रममा आफ्नो घरमा आगजनी र तोडफोड भएको र सरकार उदासीन भएको आरोप लगाएका हुन्।
- उनले गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुश्मनी लिएको र आफूविरुद्ध थप योजना बनाइरहेको गम्भीर आशंका रहेको बताए।
५ कात्तिक, काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका नाममा गलत तत्वहरूले देशविरुद्ध भयानक षड्यन्त्र गरिरहेको दाबी गरेका छन् ।
जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घरको बुधबार अवलोकन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
जेनजी आन्दोलनकै कारण सरकार छाड्न बाध्य भएका निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरू आपराधिक समूह नै भएको बताए ।
जेनजी आन्दोनलका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्त्वपूर्ण सामानहरु लुटिएको बताएका ओलीले उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सरकार उदासीन देखिएको आरोप लगाए ।
वर्तमान सरकारले आफूविरुद्ध थप योजना बनाइरहेको उनको आशंका छ । गृहमन्त्रीले आफूमाथि व्यक्तिगत दुस्मनी लिएको भन्दै ओलीले आफूविरुद्ध थप योजना बनाइराखेको गम्भीर आशंका रहेको बताए ।
‘गृहमन्त्रीको हालैको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ्ग देखिएको छ,’ उनले भने, ‘नेकपा एमाले अचानक पलाएको सरकारको तमासासँग विचलित हुँदैन, एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्छ ।’
प्रतिक्रिया 4