
News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीले क्षतविक्षत बीपी राजमार्गमा डाइभर्सन बनाएपछि यातायात आवागमन पहिलेको तुलनामा सहज बनेको छ।
- गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएको थियो।
- यस वर्ष असोज १७ र १८ गते आएको बाढीले डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भयो र असोज २४ गतेदेखि पुनः डाइभर्सन बनाएर सवारी सञ्चालन गरिएको छ।
५ असोज, काठमाडौं । बाढीले क्षतविक्षत पारेको बीपी राजमार्गमा डाइभर्सन बनाएपछि यातायात आवागमन पहिलेको तुलनामा सहज बनेको छ ।
यद्यपि कच्ची बाटोमा यात्रा गर्दा आनन्ददायी भने छैन । तर साना–ठूला गाडीहरु भने चल्ने हुँदा केही हदसम्म भए पनि सुविधा भने पुगेको छ ।
गत वर्ष असोजमा ११ र १२ गतेको अविरल वर्षासँगैको बाढी पहिरोले बीपी राजमार्गको विभिन्न खण्डमा क्षति पुर्याएको थियो।
क्षति पुगेका ठाउँमा डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गरिए पनि यसै वर्षको असोज १७ र १८ गते आएको बाढीले त्यो डाइभर्सन बगाएपछि फेरि यातायात अवरुद्ध भएको थियो। त्यही ठाउँमा फेरि डाइभर्सन बनाएर असोज २४ गते अपराह्नदेखि सवारी साधन सञ्चालन गरिएको थियो ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको दाप्चा पुलदेखि मंगलटार खण्डमा डाइभर्सन मर्मतपछि बनेको बाटो तस्वीरमा हेर्नुहोस् :
प्रतिक्रिया 4