News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
- जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले मृतकलाई १२ वर्षीय डम्मरा उपाध्याय, १० वर्षीया मानसी बजगाई र निशा बजगाई भएको बताए।
- तीनै बालिकालाई उद्दार गरी टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको र शव अस्पतालमा राखिएको छ।
७ कात्तिक, धनगढी। कैलालीमा नहरमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो जानकी गाउँपालिका-१ को रानी जमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर जुम्ल्याहा दिदीबहिनी सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले लम्कीचुहा नगरपालिका- ३ बस्ने १२ वर्षीय डम्मरा उपाध्याय,जानकी गाउँपालिका-१ बस्ने १० वर्षीया मानसी बजगाई र निशा बजगाईको मृत्यु भएको बताए। बजगाई जुम्ल्याहा दिदीबहिनी हुन्।
नहरमा डुबेको अवस्थामा उद्दार गरेर टीकापुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको उनले बताए।
तीनै जनाको शव अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4