+
+
Shares

मुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो

पर्यटकको संख्या बढेपछि जोमसोम र मार्फाका होटलहरूमा बास पाउनसमेत गाह्रो देखिएको छ । सडकमा सवारी जाम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते ९:५८
बेनी-जोमसोम सडकको जाम । तस्वीर : सुशीलबाबु थकाली ।

८ कात्तिक, काठमाडौं । मुस्ताङमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो बढेको छ । तिहारको अवसर पारेर घुम्न जाने आन्तरिक पर्यटकको संख्या वृद्धि भएका कारण मुस्ताङमा घुइँचो बढेको हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले आन्तरिक पर्यटकले जिल्ला भरिभराउ छ । पर्यटकको संख्या बढेपछि जोमसोम र मार्फाका होटलहरूमा बास पाउनसमेत गाह्रो देखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले बिदाको समय परेकाले मुस्ताङ घुम्ने मानिसहरूको चाप बढेको बताइन् ।

‘केही दिनदेखि सवारी चाप देखिन्छ । बिदाको समय परेकाले घुम्न आउने मान्छेको चाप बढेको छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘होटलहरू भरिएका छन् । बास बस्ने ठाउँ नहुँदा म्याग्दीतिर फर्किएका छन् ।’

बेनी-जोमसोम-कोरोला सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुइठेभीर र मुस्ताङको घरपझोङ गाउँपालिका–४ घ्हैकु भीर नजिकै शुक्रबार सवारीसाधन जामको दृश्य देखिएको थियो ।

प्रहरी नायव उपरीक्षक लामाले भनिन्, ‘सडकमा अरू समस्या छैन । चापका कारण ट्राफिक जाम देखिएको हो ।’

तस्वीर : सुशीलबाबु थकाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?