८, कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् ।
उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् ।
वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टासम्म चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।
बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4