+
+
Shares

प्रदर्शनकारीलाई जिम्मेवार ढंगले प्रस्तुत हुन गृहमन्त्री अर्यालको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते १२:२०

८, कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको वर्तमान अवस्थालाई विचार गरेर जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको उच्चस्तरीय बैठकपछि उनले सम्भावित प्रदर्शनतर्फ इंगित गर्दै जिम्मेवार ढंगले प्रस्तुत भइदिन आग्रह गरेका हुन् ।

गृहमन्त्री अर्यालले विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको जानकारी आफूले पाएको पनि बताए । उनले सुरक्षा अवस्थाबारे बैठकमा सूक्ष्म विश्लेषण भएको पनि जानकारी दिए ।

‘सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौं । विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने कुराहरू आएका छन् । आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्’, गृहमन्त्रीले भने, ‘राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेका छौं । सम्बद्ध पक्षहरूसँग हामी वार्ता गर्छौँ । संवादबाटै समस्याको समाधान चाहन्छौं ।’

प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग बालुवाटारमा बैठक गररेकी थिइन् । वर्तमान सुरक्षा अवस्थाको विश्लेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?